Sunday, April 19

'प्रथम सहिद लखन साझा विभूति'

पोखराका मेयर मानबहादुर जिसीले नेपालका प्रथम सहिद लखन थापामगर नेपालका साझा विभूति भएको बताएका छन् । प्रथम सहिद लखनको १ सय ४३ औं स्मृति दिवसमा पोखरामा नेपाल मगर संघ कास्कीले आयोजना गरेको स्मृतिसभामा मेयर जिसीले लखन थापा कुनै समुदाय विशेषको मात्र सहिद नभएको उल्लेख गरे । देश र जनताका लागि आफ्नो प्राणको आहुति दिने थापामगर पहिलो सहिद भएको बताउँदै उनले महानगरले आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

सहिदका सपना पूरा गर्न नसके सहिदको रगतले सराप्ने भन्दै मेयर जिसीले देशलाई समृद्ध बनाउँदै जनतालाई सुखी बनाउने अभियान पूरा गर्न सकेमात्र सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरे । विद्यमान समस्याको समाधानका लागि अग्रसर हुनुपर्ने आवश्यकता औंल्याउँदै अब पनि केही नगर्ने हो भने सहिदको अपमान हुने भनाइ राखे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *