Monday, July 6

ट्रम्पमाथि गोप्य कागजात आफैँसँग राखेको आरोपमा पनि मुद्दा चलाइने

नेपालअखबार, न्युर्योक। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा पनि चलाइने भएको छ । ह्वाइट हाउस छाडेपछि पनि ट्रम्पले सयौँ गोप्य दस्ताबेज आफूसँग राखेको आरोप छ । जसकाकारण अनुसन्धान एजेन्सीहरूले ट्रम्पविरुद्ध सात केन्द्रीय आपराधिक मुद्दा दर्ता गरेका छन्।

Advertisement

डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मिडिया प्लेटफर्मलाई भनेका छन्  मियामीको सङ्घीय अदालतमा उपस्थित हुनको लागि उनलाई निमन्त्रणा प्राप्त भएको छ। मिडिया रिपोर्टका अनुसार ट्रम्पले ह्वाइट हाउस छोडेपछि नेशनल अर्काइभ्सले राष्ट्रपतिको रेकर्डसँग सम्बन्धित कागजातहरू फिर्ता गर्न माग गरेको थियो। केही महिनापछि करिब २०० वर्गीकृत कागजातहरू फिर्ता भएका थिए ।

Advertisement
Advertisement

नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा  ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर मैले कहिल्यै सोचेको थिइन ।  अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा पनि लोकप्रिय व्यक्तिलाई यो के भइरहेको छ ? म निर्दोष छु ।’

Advertisement