Sunday, May 10

गोप्य दस्तावेजलाई शौचालयमा राखेको आरोपबारे अदालतमा ट्रम्पको बयान

नेपालअखबार, काठमाडौं । गोपनीय दस्तावेजलाई गलत तरिकाले राखेको आरोपमा अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मियामी फेडरल अदालतम बयान दिएका छन् ।

बयानमा उनले आफूलाई निर्दोष दाबी गरेका छन् । आफूले कानुनको पालना गरेको दाबी उनले गरे ।

Advertisement

उनीमाथि अवैध तरिकाले गोपनीय दस्तावेजलाई बाथरुममा राख्ने र त्यस्ता दस्तावेज सरकारलाई फिर्ता गर्न नमानेको आरोप छ । उनीमाथि साथी मार्फत एफबीआईको अनुसन्धान प्रभावित पार्न खोजेको आरोप पनि छ ।

ट्रम्पअघि कुनै पनि पूर्व तथा वाहलवाला राष्ट्रपतिलाई यस्तो आरोप लागेको थिएन ।

यो वर्ष‍ दोस्रो पटक अदालतमा पुगेका ७६ वर्षका ट्रम्प गाढा कालो रंगको सुट र रातो टाइमा थिए ।

अदालतमा शान्त देखिएका उनी त्यसपछि मियामीमै रहेको आफ्नो गल्फ क्लबमा पुगे र त्यहाँ जम्मा भएका समर्थकलाई सम्बोधन गरे ।

अमेरिकी झण्डाको अगाडि उभिएर उनले आफूसँग अमेरिकाका सबै गोप्य दस्तावेज राख्ने अधिकार भएको तर सबै बाक्सालाई हेर्ने मौका नभएको बताए ।

सन् २०२४ मा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारको प्रमुख दाबेदार छन् ।