Sunday, October 4

मनसुनी वर्षाका कारण देशभरका साना-ठूला नदीहरूमा जलसतह बढ्ने

नेपालअखबार, काठमाडाैं। मनसुनी वर्षाका कारण देशभरका साना-ठूला नदीहरूमा जलसतह बढेको छ। पूर्वी भूभागहरूमा बाढी पहिरोले जनधनको क्षतिसमेत भएका छन्।

Advertisement

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्व राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेका छन्।

Advertisement
Advertisement

भोलि रातिबाट भने प्रमुख नदीहरूमा जलसतह बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Advertisement

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, गोरखा, लमजुङ, कास्की, तनहुँ, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भइ बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ।

महाशाखले सो क्षेत्र भइ बहने नदीहरूमा बहाब बढ्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ।