
नेपालअखबार, पाेखरा। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा-२५ हेम्जा मिलनचोक ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । पोखरा-बाग्लुङ सडक खण्डमा तिव्र गतिका कारण दिनानुदिन बढ्दै गरेको सवारी
दुर्घटना न्युनिकरणको लागि ट्राफिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ ।
जनचेतनामूलक प्ले कार्ड र पम्पलेट सहित सञ्चालन गरिएको उक्त कार्यक्रममा वडाका जनप्रतिनिधी, ट्राफिक प्रहरी, सवारी चालक तथा वडा वासिहरुको उपस्थिती रहेका थिए ।
उक्त कार्यक्रममा अस्थाई ट्राफिक प्रहरी पोष्ट बगरका ईन्चार्ज कृष्ण बहादुर लामिछाने आम नागरिकले आ-आफनो ठाउँबाट आपनो दायित्व पूरा गरेमात्र सडक दुर्घटना न्यूनीकरण र सुरक्षित समाज निर्माण गर्न सकिने बताउनु हुदै ट्राफिकको एकल प्रयासले मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न असम्भव भएको भन्दै सबैको साथ र सहयोगको लागि अपिल समेत गरेका छन् । लामिछानेले उक्त कार्यक्रममा उपस्थित सबैलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण समेत गरेका थिए ।

