प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ बर्सिया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन् ।
आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुराएका थिए। त्यसपछि पालैपालो बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।