Friday, July 3

शेखरलाई खड्काको जवाफ- हामी भएकै बैठकमा समाजवादी मोर्चा बनाउने सहमति भएको हो

नेपालअखबार, काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई जानकारी दिएरै समाजवादी मोर्चा बनेको बताएका छन्।

Advertisement

सभापति शेरबहादुर देउवा र आफू बालुवाटारमा रहेकै बेला समाजवादी मोर्चा बनाउने सहमति बनेको उनको भनाइ थियो।

Advertisement
Advertisement

‘समाजवादी मोर्चाबारे एउटा कुरा उठेको छ। म प्रष्ट भन्न चाहन्छु- गठबन्धन पुनर्स्थापित गर्न बालुवाटारमा छलफल भएका बेला सभापति र मेरै अगाडि समाजवादी मोर्चा बनाउन प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच सहमति भएको हो,’ सोमबारको केन्द्रीय समितिमा खड्काले भने।

Advertisement

यसअघि केन्द्रीय समितिमै धारणा राख्दै नेता शेखर कोइरालाले समाजवादी मोर्चा किन बनेको हो भन्ने प्रश्न गरेका थिए।

कोइरालालाई जवाफ दिँदै खड्काले भने, ‘मोर्चा बन्दा विश्वासको वातावरण बन्छ र आशंका हट्छ भनेर तीन दल मिले समाजवादी मोर्चा बनाउनुभएको हो। त्यसमा पछि विप्लवजी थपेर समाजवादी मोर्चा बन्यो।’

यसबारे प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई समाजवादी मोर्चा बन्ने विषयमा थाहा भएको बताइसकेको उल्लेखसमेत गरेका थिए।