
नेपालअखबार, काठमाडाैं। भारतको केरलामा पाँच वर्षीय बालिकाको शव भेटिएको छ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार केरलाको एरनाकुलम जिल्लामा बालिकाको शव भेटिएपछि २९ वर्षका व्यक्तिलाई बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएको छ । स्थानीय अदालतले अभियुक्तलाई १४ दिनको हिरासतमा पठाएको छ ।

