Wednesday, July 15

पार्टी पुनर्गठनको दोस्रो वर्ष: विभिन्न कार्यक्रम गरेर मनाईँदै

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले पार्टी पुनर्गठनको दोस्रो वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ।

Advertisement

एकीकृत समाजवादी पार्टीलाई २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाण पत्र प्रदान गरेको थियो। सोहीअनुसार शनिबार दिउँसो २ बजे केन्द्रीय कार्यालय आलोकनगरमा दोस्रो पार्टी पूनर्गठन दिवस मनाउने भएको हाे।

Advertisement
Advertisement

उपमहासचिव डा.गंगालाल तुलाधरका अनुसार पार्टी केन्द्रीय कार्यालयकाे सभाहलमा आयोजना गरिएको उक्त कायक्रममा उपस्थितिका लागि अनुरोध गरिएकाे छ।

Advertisement

पार्टी निकट समाजवादी प्रेस संगठन, नेपाल, युवा संघ, अनेरास्ववियू, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) लगायतका संगठनहरुले काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। त्यस्तै प्रदेश र जिल्ला कमिटीले पनि पार्टी पुनर्गठन दिवस मनाउने भएका छन्।