Sunday, July 19

समाजवादी जागरण यात्रा-२०८० भाेलिदेखि सुरू

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को समाजवादी जागरण यात्रा २०८० भोलिदेखि सुरू हुने भएको छ।

Advertisement

असोज १४ गतेदेखि ९ सय किलोमिटर लामो ‘समाजवादी जागरण अभियान २०८०’ नामक जनअभियान सञ्चालनका निम्ति पार्टीका शीर्ष नेताहरू कोशी प्रदेश पुग्नेक्रम जारी छ।

Advertisement
Advertisement

समाजवादी जागरण अभियान २०८० ले समाजवादी जागरण अभियान जनताको घर दैलोमा पुग्ने र जनताको दुःख सुखमा साथ दिने विश्वास गरेका छन्। सुशासन, विकास र रोजगारी अभियानको मूल मुद्धा रहेको छ।

Advertisement

भ्रष्टाचारको अन्त्यगर्न, जनतालाई जागृत गर्नु अभियानको अर्को महत्वपूर्ण मुद्धा हो। बिहिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव घनश्याम भुसालले न्यायपूर्ण समाजको निर्माण गर्नका लागि सदैव जनताको साथमा रहनु पर्नेमा आफूहरू तयार रहेको बताउनु भयो।

महासचिव भुसालले भन्नुभयो,‘देशको सीमा रक्षागर्नु, राष्ट्रियताको सम्बर्द्धन गर्नु र जनताको शीर स्वाभिमानले उचोगर्नु हाम्रो कर्तव्य हो। हामी यही कर्तव्य निर्वाह गर्न र जनताप्रतिको जवाफदेहिता पूरा गर्न यहाँहरूको सामुन्नेमा छौँ।’