Tuesday, July 21

एकीकृत समाजवादीको जागरण अभियान आज मेची पुलबाट सुरू हुने

नेपालअखबार। नेकपा (एकीकृत समाजवादी) समाजवादी जागरण अभियान आज (आइतबार) बाट सुरू हुँदै छ।

Advertisement

आज झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि अभियान सुरु हुने एकीकृत समाजवादीले बताएको छ।

Advertisement
Advertisement

अभियान २९ गते सुर्खेत पुगेर सभा समापन हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

Advertisement

‘एक हजार किलोमिटरको यो हाम्रो यात्रा हो। यात्राको क्रममा ७५ वटा साना ठूला सभा हुने छन्। आज मेची पुलमा उद्घाटन सभा हुने छ, त्यसपछि दमक हुँदै विराटचोक पुग्नेछौं। आज हामी इटहरी पुगेर बास बस्छौं,’ प्रवक्ता खतिवडाले भने।

मेची पुलमा हुने सभामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

उनका अनुसार अभियानमा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डा जनतालाई सुनाउने तथा समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने तथा जनताको सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गर्नेसम्म कार्यक्रम छन्।

अभियानले सुशासन, रोजगारी समृद्धि त्यसभित्रका महत्वपूर्ण कृषि क्रान्ति सीमारक्षा, किसानले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्ने, कृषि मूल्य निर्धारण गर्नुपर्ने, किसानले आफूले उत्पादन गरेका सामान सरकारले किनेर बचत गर्ने परिस्थिति निर्माण गर्नुपर्ने तथा आत्मनिभर नेपाल बनाउने सन्देश दिने प्रवक्ता खतिवडाले बताए।

‘समाजवादी जागरण अभियान, २०८० ले जनतासँग हाम्रो पार्टीलाई जोड्छ, जनताको कुरा सुन्छ र आफ्ना नीति निर्माणमा त्यसलाई अभिव्यक्त गर्छ,’ उनले भने।

एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन तय गरेको छ।