Tuesday, July 28

एकीकृत समावादीको मेची महाकाली समाजवादी जागरण अभियान आजबाट सुरु

नेपालअखबार, झापा। नेकपा एकीकृत समाजवादीको मेची महाकाली जागरण अभियान सुरु भएको छ।

Advertisement

आइतबार झापाको काँकरभिट्टाबाट अभियान सुरु भएको हो।

Advertisement
Advertisement

अभियान सुरुवात गर्न पार्टी अधयक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायत नेता काँकरभिट्टा आएका छन् । अहिले अभियान सुरुवातको कार्यक्रम जारी छ ।

Advertisement

यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

आइतबार झापाका तीन स्थानमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ। झापामा काँकरभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुनेछन्।

हेर्नूहोस् तस्बिरहरू: