Tuesday, July 21

भूकम्पपीडितको साहारा बन्दै अनेरास्ववियू र युवा संघ

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ, नेपालका नेता कार्यकर्ताहरू जाजरकोटमा अस्थायी आवास निर्माणमा जुट्नु भएको छ।

Advertisement

शुक्रबार जाजरकोट प्रस्थान गरेको अनेरास्ववियू र युवा संघका नेताहरू अस्थायी आवास निर्माणमा जुटिसकेको अनेरास्ववियूकी अध्यक्ष आरती लामाले जानकारी दिनु भएको छ।

Advertisement
Advertisement

उहाँले भन्नुभयो, ‘हामी भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेका छौं। भूकम्पबाट भत्किएका घरहरू पन्छाउने, अस्थायी आवास निर्माण गर्ने काममा हामी जुटिरहेका छौं।’

Advertisement

कलम न्युजसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष लामाले भन्नुभयो, ‘युवा संघका संयोजक कृष्ण बिकलगायत डेढसय युवा विद्यार्थी नेताहरू अस्थायी आवास निर्माणमा जुटिरहेका छौं। हामीले विद्यार्थी केन्द्रीत केही कार्यक्रम पनि सम्पन्न गर्नेछौं। भूकम्पपीडित बालबालिकाहरूका निम्ति केही शैक्षिक सामग्रीसमेत प्रदान गर्नेछौं। हाम्रो उद्देश्य भनेको भुकम्पबाट प्रभावित विद्यार्थीको पठन पाठन सुचारु र व्यवस्थित गर्ने, उनीहरुलाई जाडोबाट सुरक्षित बनाउन न्यानो लुगाको प्र

बन्ध गर्ने  र अन्य वास्तविक पीडितहरुको चाहना र माग अनुसार अस्थायी संरचना निर्माणको काम गर्ने हो।’  प्रभावित क्षेत्रमा अनेरास्ववियूका केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्ला तथा क्याम्पस स्तरीय नेता, कार्यकर्ता जुटिरहनु भएको छ।