Friday, July 10

पाेखरामा लागू औषध ब्राउनसुगर सहित ३ जना पक्राउ

नेपालअखबार, पाेखरा । पोखरामा लागू औषध ब्राउनसुगर सहित ३ जना  पक्राउ परेका छन् । पाेखरा महानगरपालिका वडा नं.०९ पृथ्वीचोक स्थितमा रहेको एक होटेलमा लागू औषध विक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको अधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको
प्रहरी टोलीले खानतलासी लिँदा  लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्को पदार्थ ३ ग्राम  ५०० मिलिग्राम फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

Advertisement

पक्राउ पर्नेमा  जिल्ला झापा धुलाबारी न.पा. वडा १० बस्ने वर्ष ३० को सबिन अली, जिल्ला संखुवासभा खाँतबारी नं.पा. वडा नं.०१ बस्ने वर्ष
१९ को सन्दीप अधिकारी र जिल्ला धादीङ रोराङ गा.पा. वडा नं.०२ बस्ने वर्ष २५ को सबिन घले रहेका छन् ।

Advertisement
Advertisement

वडा प्रहरी कार्यालय बैदाम  ३ जनालाई  नै  नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको  जानकारी दिएकाे छ ।

Advertisement