Saturday, July 18

रूस जाने तयारीमा परराष्ट्रमन्त्री

नेपालअखबार, काठमाडाैं। रूसी सेनामा भर्ना भएका नेपालीहरूको अवस्थाबारे बुझ्न परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन्।

Advertisement

उनले आफ्नो भ्रमणबारे सबै तयारी पूरा गर्न रूसस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दियो।

Advertisement
Advertisement

‘कुन दिन जाने भन्ने ठ्याक्कै तय भएको छैन,’ स्रोतले भन्यो,‘केही दिनमै रूस जानेगरी मन्त्रीज्यूले तयारी गरिरहनुभएको छ।’

Advertisement

रूसी सेनामा भर्ना भएकामध्ये १० जनाको मृत्यु भइसकेको छ।

मंगलबार कञ्चनपुरमा कृष्णपुर नगरपालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्दै परराष्ट्रमन्त्री साउदले रूसी सेनामा भर्ना भएका र उद्धार गरिदिनुपर्‍यो भनेर ११५ जनाको आवेदन आइसकेको जानकारी गराएका छन्।

उनले २ सयभन्दा धेरै नेपाली रूस गरेको हुन सक्ने अनुमान आफूहरूले गरेको पनि बताएका छन्। उनले जोखिमपूर्ण ठाउँमा नेपाली पठाउने नेपाल सरकारको नीति नभएको बताए।

उनले रूसी सेनामा भर्ना भएका, घाइते र जोखिमपूर्ण अवस्थामा रहेकाहरूलाई फिर्ता ल्याउने प्रक्रियामा सरकार रहेको बताए।