Monday, July 6

भुमिअधिकार तथा श्रमिक संगठन स्याङ्जा अध्यक्षमा वस्ताकोटी

नेपालअखबार, पोखरा । नेकपा एमाले निकट जनसंगठन भुमिअधिकार तथा श्रमिक संगठन जिल्ला कमिटि स्याङ्जाको भेलाले ज्ञानेश्वर वस्ताकोटीको अध्यक्षता १९ सदस्यीय तदर्थ कमिटि चयन भएको छ।

Advertisement

कमिटिको उपाध्यक्षमा अर्जुन वराल, सचिवमा लिलबहादुर राना, कोषाध्यक्षमा दिलु थापा र सदस्यहरुमा हुम बहादुर के.सी., सुर्य अधिकारी, उदय बहादुर वि.क., दिर्घ नारायण तिवारी, केशवराज पौडेल, उजर बहादुर केसी, शिला पौडेल, शान्ति देवी राना चयन भएका छन् भने पछि ७ जना सदस्य थप गर्ने गरी कमिटि गठन गरियो ।

Advertisement
Advertisement

कार्यक्रममा नेकपा एमाले स्याङ्जा जिल्ला कमिटि अध्यक्ष सुर्य प्रसाद गैरे (पारस), संगठनका केन्द्रिय सचिव लक्ष्मी प्रसाद अधिकारी र गण्डकी प्रदेश अध्यक्ष प्रेमबहादुर गुरुङले वोलेका थिए ।

Advertisement

रामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लिलबहादुर रानाले र संचालन कृष्ण वस्ताकोटीले गरेका थिए ।