Tuesday, July 7

कास्कीमा एक पर्यटक मृत भेटिइन्

नेपालअखबार, पाेखरा। कास्कीमा एक जना पर्यटक मृत फेला परेकी छिन्। सशस्त्र प्रहरी बलको विपद् उद्धार टिमले जर्मन नागरिक पिया जूसलाई मृत अवस्थामा फेला पारेको हो।

Advertisement

पोखरा फर्कने क्रममा शनिबार साँझ २१ वर्षीया जूस बेपत्ता भएकी थिइन्।

Advertisement
Advertisement

सँगै यात्रामा रहेका अमेरिकन नागरिकले उनी माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ स्थित मिर्साको भीरबाट खसेर बेपत्ता भएको सूचना दिएका थिए।

Advertisement

लगत्तै कालिका गणबाट १५ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा आइतबार बिहान मिर्साको भीरमा रूखमा अड्किएको अवस्थामा शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। अहिले उनको शव निकाल्ने कार्य भइरहेको थापाले बताए। पिया भीरबाट खसेर बेपत्ता भएको सूचना दिने अमेरिकन नागरिकलाई भने प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।