Friday, July 10

एमालेलाई एकीकृत समाजवादी बास्ना आउने भएको छ: अध्यक्ष नेपाल

नेपालअखबार, काभ्रेपलान्चोक। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेलाई (एकीकृत समाजवादी) बास्ना आउन थालेको बताउनु भएको छ।

Advertisement

शनिबार काभ्रेको बनेपामा १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले एमालेका नेताहरूलाई एकीकृत समाजवादी बास्ना आउने अवस्थामा ल्याइपुर्‍याएको बताउनु भएको छ।

Advertisement
Advertisement

माओवादीसहितको नयाँ गठबन्धनमा सहभागी भएको समाजवादीलाई सरकारमा आउन  एमाले अध्यक्ष केपी ओलिले नै आग्रह गरेको बताउदै उहाँले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने उल्लेख गर्दै देशको राजनीतिक अस्थिरता जोगाउन (एकीकृत समाजवादी) ले भूमिका खेलेको धारणा राख्नुभयो।

Advertisement

अध्यक्ष नेपालले कुनै बेला केपी ओलिले माधव नेपालसँग बोल्दा मुख कुल्ला गर्नुपर्ने भनाइलाई इंकित गर्दै अरूले हल्ला गरे जस्तो (एकीकृत समाजवादी) र एमालेको एकता सम्भव नहुने प्रष्ट पार्नु भएको छ।

अध्यक्ष नेपालले पदलाई महत्व नदिएकै कारण पार्टी अहिलेको सत्ता गठबन्धन र सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो। ‘यो सरकारमा सहभागी भएर जाने कुरामा झण्डै झण्डै दुर्घटना भइसकेको थियो। दुर्घटना के भइसकेको थियो भन्दाखेरि हामीलाई अलिक समयमा सूचना नमिलेको हुनाले अर्कै गठबन्धन बन्छ कि भन्ने पनि आइसकेको थियो’, अध्यक्ष नेपालको भनाई छ।

‘हामीले पदलाई महत्व दिएनौं, जसरी पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन । जसरी पनि यो देशमा विकास निर्माणको काम अगाडि बढ्नुपर्छ, सुशासन कायम हुनुपर्छ’,अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यसका निम्ति परिवर्तनकारी शक्तिहरु, समाजवादी शक्तिहरु मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा रहेका छौं।’