Tuesday, August 4

एमाले नेता गुणराम रूम्बा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले परित्यागरी गुणराम रूम्बाले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ।

Advertisement

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा रूम्बाले पार्टी प्रवेश गर्नु भएको हो। मकवानपुर-काठमाडौँ सम्पर्क मञ्चका सचिव विष्णु रिजालकाअनुसार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रूम्बालाई स्वागत गर्नु भएको हो।

Advertisement
Advertisement

अध्यक्ष नेपालसहित पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल, पेशागत महासंघका महासचिव मानबहादुर स्याङ्तान, मकवानपर-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष आशिष बललगायतले रूम्बालाई पार्टीमा स्वागत गर्नु भएको थियो। व्यवसायीसमेत रहनु भएका रूम्बा एमाले मकवानपुरका नेता हुनुहुन्छ।

Advertisement

433100168_1200353301331938_8927374430863655069_n-1710739645.jpg