Wednesday, September 23

शिक्षा समितिको सभापति चयनका लागि बुधबार चुनाव हुने

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिको समितिको सभापति चयनका लागि बुधबार निर्वाचन हुने भएको छ।

Advertisement

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले समिति सभापति चयनको कार्यतालिका प्रकाशित गरेका हुन्।

Advertisement
Advertisement

यसअघि समितिमा सभापति रहेका एकीकृत समाजवादी पार्टीका सांसद भानुभक्त जोशी मन्त्री सामान्य प्रशासन मन्त्री चयन भएपछि उक्त समितिको सभापति पद रिक्त छ।

Advertisement

प्रकाशित कार्यतालिका अनुसार मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म सभापति पदका लागि मनोनयन दर्ताको कार्यक्रम राखिएको छ। बुधबार ३ बजे बानेश्वरकै शंकर हलमा सभापति चयनका लागि कार्यतालिका प्रकाशित गरिएको हो।