Wednesday, August 5

सेती नदीमा नुहाउने क्रममा डुबेर किशोरकाे मृत्यु

नेपालअखबार, डाेटी। सेती नदीमा नुहाउने क्रममा एक किशोरकाे मृत्यु भएको छ।

Advertisement

डाेटीको दिपायल सिलगढी नगरपालिका–१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२ः४० बजेतिर सेती नदीमा डुबेर मृत्यु भएको हो।

Advertisement
Advertisement

सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए।

Advertisement

प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ।