Tuesday, July 28

न्यायाधीशकी छोरीबारे पोस्ट गरेपछि फसे डोनाल्ड ट्रम्प

नेपालअखबार, वासिङ्टन डीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या बढिनै रहेको छ । यति बेला ट्रम्प कयौँ मुद्दामामिलाका  कारण अदालतको चक्कर काटिरहेका छन् । यस पटक भने हश मनी मामिलामा उनी समस्यामा परेका हुन् ।

Advertisement

यस मामिलामा न्यायाधीश जुआन एम मर्चनले पूर्वराष्ट्रपतिलाई अदालतमा आबद्ध कर्मचारीका परिवारका सदस्यहरूलाई निशाना नबनाउन निर्देशन दिएका थिए । तर न्यायाधीशकी छोरीलाई निशाना बनाएर सामाजिक सञ्जालमा उनीबारे झूटा दाबी गरेर ट्रम्पले ग्याग आदेश उल्लङ्घन गरेको म्यानहट्टन अभियोजकहरूले शुक्रबार भनेका छन् । अब म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयले ग्याग आदेशको दायरा स्पष्ट पार्न भनेका छन् ।

Advertisement
Advertisement

सजायको माग
सहायक जिल्ला न्यायधिवक्ता जोशुआ स्टिङ्ग्लासले मर्चनलाई लेखेको पत्रमा अदालतका कर्मचारी वा उनीहरूका परिवारलाई सताउने खालका अभिव्यक्तिमा प्रतिबन्ध लगाउँदा ट्रम्पको अराजक अभिव्यक्तिलाई सीमित गर्न सक्ने तर्क गरेका थिए । ट्रम्पले अगाडि पनि यस्तो खालको उल्लङ्घन गरे भने उनीहरूलाई सजाय दिनुपर्ने पनि उनीहरूको भनाइ छ ।

Advertisement

के भन्छन् ट्रम्पका वकिलहरू ?

जिल्ला सरकारी वकिलको कार्यालयले आदेशको गलत व्याख्या गरिरहेको तर्क यसमा ट्रम्पका वकिलहरूले गरेका छन् । यस आदेशले उनलाई राजनीतिक सल्लाहकार लरेन मर्चनबारे टिप्पणी गर्नबाट नरोक्ने उनका वकिलहरू बताउँछन् । लरेनले ट्रम्पका प्रतिद्वन्द्वी राष्ट्रपति जो बाइडेन र अन्य डेमोक्रेटका लागि अभियानमा काम गरिसकेकी छिन् ।

घटना के थियो ?

डोनाल्ड ट्रम्पले बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । यसमा मर्चनले पैसा कमाउन आफूलाई बदनाम बनाएको आरोप लगाएका छन् । एक्समा एउटा पोष्टमा आफू जेलभित्र रहेको तस्बिर प्रयोग गरेर मर्चनले आफ्नो निष्पक्ष ट्रायल पूरै असम्भव बनाएको आरोप उनले लगाएका थिए । तर ट्रम्पको दाबी गलत देखिएको छ । उनले उल्लेख गरेको एक्सको खाता नक्कली पाइएको छ । उक्त एकाउन्टलाई लरेनले पहिला नै डिलिट गरिसकेकी थिइन् । सो खाता कसले लिएर ट्रम्पको फोटो हाल्यो भन्ने अस्पष्ट छ ।

के हो हश–मनी ?

कसैलाई ब्ल्याकमेल गर्न वा चुप गराउन दिइने रकम नै ‘हश मन’ हो । ट्रम्पले एक पोर्न स्टारलाई पैसा तिरेर आफ्नो विरुद्धमा आपराधिक आरोपहरू खारेज गर्न भनेका थिए । यस मामिलामा अर्को महिना सुनवाइ हुँदै छ ।