Monday, July 27

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इद–उल–फित्र पर्वकाे  अवसरमा स्वदेश तथा बिदेश मा बस्नु हुने सम्पूण दाजु भाई एबम दिदि बैनिहरुमा ईद मुबारक एवं शुभकामना  प्रकट गर्दै उनले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएकाे छ  । नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उहाँले बताउनु भएकाे छ ।

Advertisement

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजातिका आ(आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व छन् । अध्यक्ष  नेपालले यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गर्नु भएकाे छ ।

Advertisement
Advertisement

यी प्रत्येक पर्वहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै उनले त्यस मध्ये इद–उल–फित्र पर्व पनि एक महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्नु भएकाे छ ।

Advertisement

अध्यक्ष  नेपालले ‘इद–उल–फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नु भएकाे छ ।

May be an image of text