Tuesday, July 28

गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय एक हप्ता बन्द

नेपालअखबार,सुर्खेत । अत्यधिक गर्मी भएपछि वीरेन्द्रनगर भित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् ।

Advertisement

अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

आज वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियस मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए ।

Advertisement

वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालय पनि बन्द गर्ने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धीरेन्द्र शर्मा लम्सालले गर्मी अत्यधिक बढेको भन्दै नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिएको जानकारी दिए ।‘गर्मी बढेपछि हामीले नगरभित्रका विद्यालय बन्द गर्ने तयारी गरिरहेका छौँ,’ लम्सालले भने, ‘यदि पानी परेर तापक्रम घट्यो भने विद्यालय बन्द हुँदैनन् । गर्मी यस्तै रह्यो भने आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गर्छौं ।’