Friday, August 14

एकीकृत समाजवादीको महाधिवेशनमा १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव प्रस्तुत गर्दै

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनको अन्तर्गत् बुधबार चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुँदैछ।

Advertisement

मंगलबारदेखि जारी छलफलमा आज समूह नेताहरूले सुझाव प्रस्तुत गर्ने कार्यसूची रहेको जगन्नाथ खतिवडाले जानकारी दिए।

Advertisement
Advertisement

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा दस्तावेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको छ।

Advertisement

१२ समूहमा कोशी प्रदेशका प्रतिनिधिहरूको एउटा समूह रहेको छ। त्यस्तै मधेस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी जिल्लाका प्रतिनिधिहरूको एउटा र सर्लाही, रौतहट, बारा, पर्सा जिल्लाको अर्को समूह छ।

बागमती प्रदेशअन्तर्गत् धादिङ, ललितपुर, सिन्धुली, रामेछाप, मकवानपुरको एउटा समूह रहेको छ भने काठमाडौं, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक,  नुवाकोट, रसुवाको अर्को समूह रहेको खतिवडाले बताए।

त्यस्तै गण्डकी, लुम्बिनी प्रदेशको छुट्टाछुट्टै समूह छन्।

कर्णाली प्रदेशमा पनि हुम्ला, दैलेख, कालिकोट, पश्चिरूकुम, सल्यान जिल्लाको एउटा समूह र डोल्पा, जाजरकोट, जुम्ला, सुर्खेत, मुगुको अर्को समूह छ।

सुदुरपश्चिमको एउटा समूह बनाइएको छ। उपत्यका सम्पर्क, प्रवास र विभाग गरी अर्को समूह बनाइएको छ।

जनसंगठन, सल्लाहकार, जेष्ट कम्युनिष्ट मञ्च र महासंघहरूको एउटा गरी १२ समूह रहेको खतिवडाले बताए।

आज यी १२ समूहका टोली नेताहरूले राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधनमाथि आफ्ना सुझाव राख्नेछन्।

नेतृत्व चयनको प्रक्रिया भने बिहीबारबाट मात्रै सुरू हुने खतिवडाले जानकारी दिए।