Thursday, July 30

तुलसीपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु

नेपालअखबार, दाङ । दाङको तुलसीपुरमा बाढीले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता छिन्।

Advertisement

बबई नदीमा आएको बाढीले बगाउँदा तुलसीपुरमा एक महिला बेपत्ता भएकी हुन्।

Advertisement
Advertisement

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेराकी १९ वर्षीया सम्झना चौधरीलाई बुधबार बिहान बबई तर्ने क्रममा बगाएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

Advertisement

बबई पारी आफन्त कहाँ जान खोजेकी चौधरीलाई बाढीले बगाएर बेपत्ता पारेको हो।

बेपत्ता सम्झना स्थनीय २० वर्षीय रोशन चौधरीको श्रीमती रहेको तथा उनको खोजी कार्य स्थानीय र प्रहरी मिलेर गरिरहेका छन्।

चौधरीको खोजीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको टोली र इप्रका मलबारबाट प्रहरी नायव निरीक्षक गणेशबहादुर सिंहको कमाण्डमा तीन जनाको टोली खटिएको छ।

बाढीले बगाउँदा मृत्यु 

तुलसीपुरमा बाढीले बगाउँदा थप एक जना महिलाको मृत्यु भएको छ।

तुलसीपुुर वडा नम्बर ३ की ५१ वर्षीया तारा गुरूङलाई गोटीखोलास्थित साङ्ले खोलाले बगाउँदा मृत्यु भएको छ। गुरूङलाई खोला तर्ने क्रममा मंगलबार दिउँसो साङ्ले खोलाले बगाएको र शव झन्डै डेढ सय मिटर दक्षिणमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता प्रकाश थापाले जानकारी दिए।