Thursday, August 13

काठमाडौंको थापाथलीमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

नेपालअखबार, काठमाडौं। काठमाडौं महानगरपालिका–११ थापाथलीमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

Advertisement

माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश००३–००१क २५१९ नम्बरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो।

Advertisement
Advertisement

ट्याङ्करको ठक्करबाट घाइते उनको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

Advertisement

घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन्। ठक्कर दिने ट्याङ्कर चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए।