Sunday, July 26

ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

नेपालअखबार, फुङ्लिङ। जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन्। करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन्।

Advertisement

जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको  छ।

Advertisement
Advertisement

कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन्।

Advertisement

विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार  तीन रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ साना–ठूला ९ वटा घर छन्।  रासस