Tuesday, September 1

आज मौसम पूर्वानुमान भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

Advertisement

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ।

Advertisement
Advertisement

सोमबार बिहान कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा छ।

Advertisement

साथै कोशी प्रदेश लगायत बागमती, गण्डकी र  कर्णाली  प्रदेशका  पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली  रही सबै प्रदेशका केही स्थानहरूमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। त्यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको।

महाशाखाले कोशी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा रातिपनि भारी  वर्षा हुने प्रक्षेपण गरेको छ।