
नेपालअखबार, काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित कालिमाटी क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ घर भएका ४७ वर्षीय मनिराज राई र काभ्रेको रोशी गाउँपालिका घर भएर काठमाडौँ बस्ने ३२ वर्षीय बालकृष्ण राक्से छन् ।
आरोपीहरुको साथबाट ३ दशमलव ११ ग्राम खैरो हेरोइन र ३९ हजार नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

