Wednesday, July 29

खैरो हेरोइनसहित ८ जना पक्राउ

नेपालअखबार, काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरबाट लागुऔषध खैरो हेरोइन सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ३३ दशमलव ७६ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

Advertisement

पक्राउ पर्नेमा २७ वर्षीय रफिस अवाले, १९ वर्षका रिसफ श्रेष्ठ, २१ वर्षीय रेमन राई, ३३ वर्षीय अमित कुमार चौधरी, ३६ वर्षीय प्रमोद राई, २८ वर्षका मेहरमान भुजेल, २७ वर्षका टिम्पल तामाङ र २९ वर्षीय भीम कुमार चेम्जोङ छन् ।

Advertisement
Advertisement

आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल ८ ट्याब्लेट र ५५ हजार नगद समेत बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

Advertisement