Wednesday, August 19

एक सातासम्म भेटिएन मादी नदीमा बेपत्ता भएका बालक

नेपालअखबार, तनहुँ। तनहुँमा मादीनदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन्।

Advertisement

प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन्।

Advertisement
Advertisement

उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ।

Advertisement

घरबाट विद्यालय जान्छु भनि हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए। बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए।

सोमबार दिउँसो १ बजेको समयमा मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

घटना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न उनले बताए।

ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले सोधपुछका नियन्त्रणमा लिएर छाडिसकेको छ।

बालकका बुबा श्रीरामले भने छोराको नियोजित हत्या भएको बताउनुभयो ।

वृद्व पाँच दिनदेखि बेखबर

त्यसैगरी तनहुँको सदरमुकाम दमौली निवासी गोपाल लौडारी पाँच दिनदेखि बेखबर छन्। सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित भएका  छन् । व्यास–२ ट्राफिक चोक नजिक निवासी ७४ बर्षीय लौडारी बुधबार बिहान ७ बजेको समयमा मर्निङवाकमा निस्किएका थिए । त्यसपछि  घर नफर्किनु भएको परिवारले जनाएका छन्।

आफन्त, इष्टमित्र नातागोतालगायतका स्थानमा खोजी गरेपनि भेटाउन नसकेपछि परिवारजन निराश भएका छन्।

खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइए पनि कुनै पत्ता लाग्न नसकेको स्थानीय भरत पोख्रेलले जानकारी दिए।