Tuesday, July 28

चार वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । शुक्रबार चार वटा संसदीय समितिको बैठक बस्दैछ।

Advertisement

सिंहदरबारस्थित समितिको कार्यकक्षमा विभिन्न समयमा चार समितिको बैठक तय भएको संघीय संसद सचिवालयले जनाएको छ।

Advertisement
Advertisement

बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने तय छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ।

Advertisement

विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ। बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

यस्तै बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी छलफल हुनेछ।

दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल संसद सचिवालयले जनाएको छ।