Tuesday, May 12

बझाङको बालुवाटारमा पहिरो, सडक अवरुद्ध

नेपालअखबार, काठमाडौँ । अविरल वर्षाका कारण बझाङको छबिस पाथीभरा गाउँपालिका वडा नम्बर–१ मा पहिरो गएको छ ।

बालुवाटार भन्ने ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

Advertisement

पहिरोका कारण मानवीय क्षति भएको छैन । स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाउने काम भइरहेको अधिकारीले जानकारी दिए ।