Tuesday, August 18

पुटिनले किमलाई उपहारमा दिए सिंह र भालुसहित ७० जीवजन्तु

नेपालअखबार,काठमाडौं । रूसी राष्ट्रति भ्लादिमिर पुटिनले उत्तर कोरियालाई ७० वटा जीवजन्तु उपहार दिएका छन्। ‍

Advertisement

रूस मस्कोस्थित केन्द्रीय चिडियाखानामा रहेका विभिन्न ७० वटा जीवजन्तुलाई बुधबार उत्तर कोरिया पठाइएको हो।

Advertisement
Advertisement

त्यसरी पठाइएको जीवजन्तुहरूमा एउटा अफ्रीकी सिंह, दुइटा भालु, याक र दर्जनौं प्रजातीका चराहरू रहेका छन्।

Advertisement

मस्कोको चिडियाखानाबाट ती सबै उपहार एउटा कार्गो विमानमा लिएर रूसका वातावरणमन्त्री अलेक्जेन्डर कोज्लोफ बुधबार प्योङयाङ गएका थिए।

प्योङयाङको एउटा सरकारी समाचार संस्थाले पनि पुटिनको उपहार प्राप्त भइसकेको उल्लेख गरेको छ।  बिबिसीका अनुसार युक्रेनविरूद्ध रूसी लडाईंमा सहभागी हुन उत्तर कोरियाले हजारौं सैनिक पठाएको खुलासा भएको केही सातामा पुटिनले किमलाई उपहार पठाएका हुन्।

दुई देशबीचको सम्बन्ध सुमधुर रहेको सन्देश दिन रूस र उत्तर कोरियाले एक अर्कालाई जीवजन्तु उपहार पठाउँदै आएका छन्।

यसअघि पुटिनले उत्तर कोरिया भ्रमण गर्दा किमले स्थानीय पङसान नश्लको एक जोडी कुकुर पठाएका थिए।