Tuesday, July 28

अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह

नेपालअखबार,काठमाडौँ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चार माध्यमलाई निवेदन दिन आग्रह गरेको छ ।

Advertisement

काउन्सिलको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रम अनुसार मोफसलमा रहेका पत्रकार तथा सञ्चार माध्यमहरूलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएकोले ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरिएको हो ।

Advertisement
Advertisement

छनौटमा परेका आवेदकले ल्यापटप खरिद ४० प्रतिशत, क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान पाउनेछन् । एक पत्रकार वा सञ्चार गृहबाट एकमात्र सुविधाको लागि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Advertisement

दुर्गमका स्थानीय सञ्चार माध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने बताइएको छ । निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने सूचनामा उल्लेख छ ।

462567310_1266915321024454_368236267815079943_n