Monday, April 20

प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट

नेपालअखबार,पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशको औचित्य पुष्टि गर्न अझै कसरत आवश्यक रहेको बताए । गण्डकी प्रदेश स्थापनाको सात वर्ष पुगेको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नागरिकसामु जिम्मेवार भएर काम गर्न सरकारलाई सुझाए ।‘प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न प्रदेश सभा र प्रदेश सरकारले वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरूलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘आवधिक योजनालाई कुशल कार्यान्वयन गरियो भने प्रदेश सरकारको योगदानको अवश्य पुष्टि हुनेछ ।’

‘प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न प्रदेश सभा र प्रदेश सरकारले वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरूलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘आवधिक योजनालाई कुशल कार्यान्वयन गरियो भने प्रदेश सरकारको योगदानको अवश्य पुष्टि हुनेछ ।’

Advertisement