Sunday, July 5

त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र

नेपालअखबार,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा राख्न माग गर्दै तीन जना स्ववियु सभापतिहरूले ध्यानाकर्षणपत्र बुझाएका छन् । फागुन महिलाको पहिला हस्तामा सिनेट बैठक आह्वान गर्न माग गर्दै उपकुलपति प्राडा केशरजंग बरालमार्फत कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।विद्यार्थीका मुद्धालाई तत्काल हल गर्न सिनेट बैठक आह्वान गरिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । त्रिवि सिनेट सदस्य समेतका ओझासहित पुल्चोक क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विष्णु ढुंगेलले ध्यानाकषर्णपत्र बुझाएका हुन् ।

Advertisement

विद्यार्थीका मुद्धाहरू सम्बोधनका लागि विश्वविद्यालय अघि नबढेको खण्डमा थप संघर्ष गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ । डेढ वर्षदेखि सिनेट बैठकमा विद्यार्थीका माग मुद्धाहरू उठान गर्र्दै आएको तर, अहिलेसम्म सुनुवाई हुन नसकेको उनीहरूको भनाइ छ ।

Advertisement
Advertisement

Advertisement