
नेपालअखबार,काठमाडौँ । नेपाली मह युरोप, अमेरिका लगायत विकसित मुलुकमा पुगेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा विकसित मुलुकमा ३ करोड ०८ लाख ९० हजार रुपैयाँको मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । सो रकम बराबर ४ हजार ८२० किलो निर्यात भएको छ ।
जापानमा १३० किलो मह निर्यात हुँदा ३ लाख २० हजार रुपैयाँ नेपाललाई प्राप्त भएको छ । यस्तै, १ करोड ८० लाख १२ हजार रुपैयाँको ३ हजार ४ किलो मह अमेरिकामा निर्यात भएको छ ।
यस्तै, अष्ट्रेलिया, हङकङ लगायत मुलुकमा १ करोड २५ लाख ५८ हजार रुपैयाँ बराबरको १ हजार ७८६ किलो मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

