Monday, July 27

सञ्चय कोषले माग्यो प्रबन्धकदेखि मुख्य सहायकसम्म ३८ जना कर्मचारी

नेपालअखबार,काठमाडौँ । कर्मचारी सञ्चय कोषले  ३८ जना कर्मचारी नियुक्त गर्न  दरखास्त आह्वान गरेको छ।

Advertisement

शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै कोषले आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो।

Advertisement
Advertisement

प्रबन्धक  एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो।

Advertisement

हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक तोकिएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन्।

 

karmachari-sanchaya-kosh-1742518628.jpg