Saturday, April 18

हुन्डीको २० लाखसहित एक जना पक्राउ

नेपालअखबार,काठमाडौं । हुन्डी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलाती घर भएका २४ वर्षीय सञ्जय बस्नेत छन् ।

Advertisement

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीबाट २० लाख २९ हजार ६२० रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुन्डी कारोबार गर्नका लागि बोकिएको प्रहरीले बताएको छ ।