Wednesday, July 8

गणतन्त्र दिवस तीन दिन मनाइने

नेपालअखबार,काठमाडौं । सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ ।

Advertisement

सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले बताए ।मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरूरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।

Advertisement
Advertisement

बैठकले जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तीन तहकै सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ ।

Advertisement

यस्तै, विदेशस्थित नेपाली राजदुतावास, कुटनीतिक नियोग तथा वाणिज्य दुतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

गृहसचिव दुवाडीकाअनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते संघीय सरकार र केन्द्रिय स्तरका कार्यक्रमहरु र प्रदेश तथा स्थानीय स्तरका कार्यक्रमहरु हुनेछ । जेठ १४ गते गणतन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक लगायतका जनचेतनामुलक कार्यक्रम हुनेछन् ।

राष्ट्रिय स्तरका छापा र सञ्चारमाध्यमलाई गणतन्त्र दिवसको अवसरमा विशेषाङ्क स्मारिका प्रकाशन गर्नुका साथै गणतन्त्रको बहुपक्षिय आवाज उजागर गर्ने विभिन्न लेख, रचनाहरुको संगालो प्रकाशन गर्न अनुरोध गर्ने कार्यक्रम रहेको छ । दरबार स्क्वायर, मण्डला लगायतका स्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले बिगुलसँगै रिभ्याली बजाउने, तोप र बन्दुको बढाईं गर्ने कार्यक्रम छ । मुल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गर्ने कार्यक्रम छ । त्यस्तै १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरूमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।