Saturday, April 18

नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द हुने

नेपालअखबार,काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड निर्माण सुधारका लागि थप पाँच दिन दिउँसो बन्द हुने भएको छ।

जेठ २६ गतेदेखि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म थप बन्द हुने सडक विभागले शनिबार सूचना जारी गरेको छ।

Advertisement

यसअघि जेठ १० देखि २५ गतेसम्म दिउँसो बन्द गरिएको थियो। निर्माणको काम नसकिएकाले थप ५ दिन थपिएको विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। सीतापाईला-रामकोट -धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक वैकल्पिक रूट दिइएको छ।