Tuesday, July 21

सुनचाँदी व्यवसायीको रिले अनशनमा समर्थन, जायज माग पूरा गराउने प्रतिबद्धता :उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति खान

नेपालअखबार,काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ़ संघर्ष समितिको नेतृत्वमा रत्नपार्कस्थित शान्तिबाटिकामा जारी रिले अनशनमा प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खानले समर्थन जनाएका छन् ।

Advertisement

२०८२ असार ३ गतेदेखि जारी आन्दोलनको नवौं दिन शान्तिबाटिकामा पुगेर सांसद खानले संघर्ष समितिका प्रतिनिधिहरूलाई भेट गर्दै आन्दोलनका मागहरू जायज भएको स्पष्ट पार्दै आफू समितिको सभापति मात्र नभई समस्याको समाधानमा पहलकर्ता पनि हुने बताए । “सरकारले व्यवसायी र कालिगढहरूको आवाज सुन्नैपर्छ, म आफैं यो आन्दोलनका मागहरू सम्बोधन गर्न पहल गर्छु,” सांसद खानको भनाइ थियो ।

Advertisement
Advertisement

संघर्ष समितिले २% विलासिता कर खारेजी, १३% भ्याट हटाउने, कोटा प्रणाली अन्त्य गरी सुनको सहज आपूर्ति, व्यवसायीमैत्री कानून निर्माण, नेपाली कालिगढहरूको सीप संरक्षण र रोजगारी सुनिश्चितता, उपभोक्ता हितको प्रत्याभूति तथा गोल्ड बैंकको स्थापना जस्ता प्रमुख माग अघि सारेको छ ।

Advertisement

सांसद खानको उपस्थितिलाई संघर्ष समितिले “आन्दोलनप्रति राष्ट्रिय तहको जिम्मेवार ध्यान” का रूपमा लिएको छ।