Monday, July 20

इरानका सर्वोच्च नेताले भने– इजरायललाई बचाउन अमेरिका युद्धमा होमियो

नेपालअखबार,काठमाडौं  ।इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले राष्ट्रलाई सम्बोधन गर्ने भएका छन्।  अमेरिकाले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेपछि उनले पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्ने भएका हुन्। अयातोल्लाह अली खामेनीले इरानी जनतालाई इजरायलमाथिको विजयका लागि बधाई दिएका थिए। उनले लेखेका छन्,‘म झूटा यहूदी शासनमाथिको विजयका लागि इरानलाई बधाई दिन्छु।’

Advertisement

उनले अमेरिका प्रत्यक्ष युद्धमा प्रवेश गरेको पनि बताए। उनले प्रत्यक्ष युद्धमा प्रवेश गरेन भने इजरायल पूर्ण रूपमा ध्वस्त हुने अमेरिकालाई लागेको बताए।

Advertisement
Advertisement

खामेनीले भने,‘अमेरिकाले यस युद्धबाट केही पनि प्राप्त गरेन र इरान विजयी भएको छ। इरानले अमेरिकाको अनुहारमा कडा थप्पड हानेको छ।’

Advertisement

उनले करिब ९ करोड जनसंख्या भएको देश सशस्त्र सेनाको समर्थनमा काँधमा काँध मिलाएर उभिएको बताए। उनले भने,‘तेस्रो बधाई, इरानी राष्ट्रको एकताका लागि।’

खामेनीले इरानी राष्ट्रले आफ्नो अद्वितीय चरित्र प्रदर्शन गरेको बताए। आवश्यक पर्दा राष्ट्रको एउटै आवाज हुने देखाएको उनले बताए।

अयातोल्लाह अली खामेनी एक हप्ताभन्दा बढी समयदेखि देखिएका छैनन्। उनले अन्तिम पटक जुन १८ मा अज्ञात स्थानबाट टेलिभिजनमा वक्तव्य दिएका थिए।