Tuesday, July 21

नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता

नेपालअखबार,नुवाकोट । नुवाकोटमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्।

Advertisement

अविरल वर्षापछि नुवाकोटको ककनी गाउँपालिका-१ भसीबुस्थित बिमचना खोलामा आएको बाढीले बगाएर स्थानीय ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्।

Advertisement
Advertisement

उनको खोजी कार्य सुरू भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement

भसिबुमै वर्षापछि आएको पहिरोले तीन वटा गोठ बगाएको छ भने पहिरोमा परी स्थानीय अशोक बलामी घाइते भएका छन्

उनलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको डिएसपी थापाले जानकारी दिए। खोलाले बगाएको महिलाको खोजी र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि  ६५ जना  सुरक्षा फौज खटिएको डिएसपी थापाले बताए।