Tuesday, July 21

मंगोलियामा बाढीबाट ८ मानिस र हजारौँ चौपाया मरे

नेपाल अखबार, एजेन्सि। मंगोलियामा आएको भिषण बाढीमा परेर यहाँका आठ जना नागरिकको ज्यान गएको छ।

Advertisement
साथै यहाँ सो बाढीका कारण हजारौँ पशु बगेर मरेका छन्। त्यसैगरी यहाँका हजारौँ व्यक्ति घरबारबिहीन भएका छन्।
शुक्रबार र शनिबार मंगोलियाका विभिन्न प्रान्तमा अविरल परेको पानी र त्यसपछि आएको बाढीले आठ जना व्यक्तिको ज्यान गएको र हजारौैँ पशु चौपाया पनि त्यसमा परेर मारिएका बताइएको छ।
मंगोलियाको दक्षिणी र पूर्वी प्रान्तहरुमा वर्षा र बाढीले बढी क्षति पु¥याएको बताइएको छ। यी क्षेत्रका कम्तीमा तीन ओटा प्रान्तमा कम्तीमा पनि सात हजार पशु चौपायाहरु मारिएका छन्।
ती प्रान्तका २ हजार ३०० भन्दा बढी घर पनि नष्ट भएका छन्। कतिपय बस्ती नै बाढीले बगाएको बताइएको छ। रासस/सिन्ह्वा

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *