Monday, July 6

१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने ५५ वर्षका पुरुष पक्राउ

नेपाल अखबार, गुल्मी। गुल्मीमा १६ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सत्यवती गाउँपालिका–५ बस्ने ५५ वर्षीय पोम नारायण ढकाल छन्।
ढकालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हाे।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *