Thursday, July 9

कोकाकोलाले सरकारलाई तिर्यो ७८ करोड बक्यौता कर

नेपालअखबार,काठमाडौं । बोटलर्स नेपाल (तराई)ले सरकारलाई तिर्न बाँकी रहेको ७८ करोड ६ लाख रूपैयाँ कर तिरेको छ। कम्पनीले कोकाकोला उत्पादन गर्दै आइरहेको छ।

Advertisement

बजेटमा दिइएको सुविधा अनुसार कम्पनीले बक्यौता कर तिरेको हो।

Advertisement
Advertisement

आर्थिक ऐन २०८२ ले ‘स्वामित्व परिवर्तन भई करारोपण भइसकेको बासिन्दा निकायको हित रहेको नेपालको अर्को बासिन्दा निकायलाई सो स्वामित्व परिवर्तनको आधारमा संशोधित कर निर्धारण भई वक्यौता रहेको भएमा त्यस्तो निकायले २०८२ साल असार मसान्तसम्ममा निर्धारित कर रकम दाखिल गरेमा त्यस्तो संशोधित कर निर्धारण बमोजिमको व्याज र शुल्क मिनाहा हुने’ उल्लेख गरेको छ।

Advertisement

कर तिरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्जमा गराएको हो।