Sunday, July 26

को कतिबेला राजनीतिमा जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन्।

Advertisement

आइतबार बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

Advertisement
Advertisement

उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए।

Advertisement

दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको स्मरण उनले गरे। सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अह्राएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनले बताए।

प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा कतिबेला को जेल पर्छ, पर्दैन भन्न सकिँदैन। पूर्वाग्रह, प्रतिशोध। अस्तिमात्रै दरबार हत्यकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि प्रतिबन्ध त लागेकै थियो, नेताहरूलाई सबैलाई घर-घरमा, जेलमा लगेर थुन्ने, सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अह्राएका मान्छेले मुद्दा लगाउने, फसाउने ती काम त मान्छेलाई, नेताहरूलाई मुद्दा लगाउनका लागि एउटा शाही छानबिन आयोग कि के भनेर ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरूद्ध एउटा शाही आयोगले मुद्दा चलायो। योभन्दा ड्रामा अर्को के हुन्छ, यो ड्रामालाई अर्को के नाम दिने। यस्ता ड्रामालाई अस्तिसम्म पनि लड्न परेकै हो।’

प्रधानमन्त्री ओलीले बिपी कोइरालाका धेरै आयामहरू रहेको बताए।